You are viewing the translated version of साक्षी उपस्थित गराउने.

Section 39
साक्षी उपस्थित गराउने
(१) अदालतबाट तोकिएको दिनमा वादी प्रतिवादीले आफ्नो साक्षी पेस गर्नु पर्नेछ।
(२) ऐनको दफा ७ को खण्ड (क) बमोजिम मुद्दासँग सम्बन्धित आवश्यक देखिएका अन्य व्यक्ति बुझ्ने आदेश भएमा त्यस्तो व्यक्तिको नाउँमा अनुसूची-७ बमोजिमको ढाँचामा समाह्वान जारी गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम समाह्वान जारी गर्दा सम्बन्धित व्यक्तिलाई अदालतमा हाजिर हुने दिन किटान गरी मुद्दाका पक्षलाई सोही दिनको तारिख तोक्नु पर्नेछ।
(४) उपनियम (२) बमोजिमको समाह्वान बमोजिम अदालतमा उपस्थित हुने व्यक्तिलाई अदालतले सोधपुछ्ठ गर्नेछ र वादी प्रतिवादीले जिरह गर्न सक्नेछन्‌।